२७ बैशाख २०८१, बिहिबार
Header

फेसबुकमा गलत सुचना भेटिए लगत्तै हट्नेः आयोग


प्रकाशित: आईतवार, ६ कातिक २०७९, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगल निर्वाचन आचारसंहिता कार्यान्वयन कडाई गर्ने भएको छ ।


सामाजिक सञ्जालमा यसपटकदेखि निर्वाचनले निगरानी बढाएकोले फेसबुकमा निर्वाचन सम्बन्धी कुनै गलत सुचना पोष्ट भए तत्काल हट्ने आयोगले जनाएको छ ।  


चुनावी प्रचारप्रसार तथा गलत सूचना, अभिव्यक्तिलाई नियमन गर्न आयोगले फेसबुकको माउ कम्पनी मेटासँग सम्झौता गरेको हो ।


मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि सामाजिक सञ्जाल नियमन गर्न आयोगको यो पहिलो अभ्यास हो । 


सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायत मातृसंस्था मेटासँग आयोगले गत मंगलबार चुनावकेन्द्रित सम्झौता गरेको थियो ।


निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यदि समाजिक सञ्जालमा यदि भ्रमपूर्ण विषय राखेर उम्मेदवारको प्रचारप्रसार वा खिसिट्युरी गर्ने काम भएमा तत्कालै हटाउन सक्ने सम्झौता भएको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD