काठमाडौं । फेसबुकबाट नक्कली सुन कारोवार गर्ने एक जनलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोट नजिक नक्कली सुनको कारोवार गर्ने सोलुखुम्बु घर भई काठमाडौँ बस्ने ३५ वर्षीय टासी शेर्पालाइए महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको हो ।
शेर्पाले फेसबुकबाट साथी बनाउने, नक्कली सुन देखाई प्रलोभनमा पारेर पैसा लिने गरेको र आफ्नो सुन तथा माला पसल छ भनी विभिन्न प्रलोभनमा पारी मानिसलाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले शेपाको कोठामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा सुन जस्तो देखिने १ केजी पहेँलो धातु बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको बताए ।
शेर्पा २०५५ सालमा कर्तव्य ज्यान उद्योगमा १० वर्ष जेल बसी निस्केको र लामो समयदेखि नक्कली सुन कारोवारमा सङ्लग्न भई गत साउनमा पनि पक्राउ परेका थिए ।
Categorized in समाज