काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आफू फेरि पार्टीको संसदीय दलको नेता बन्ने कोशिस गर्ने बताएका छन ।
शनिवार उनले बुढानिलकण्ठमा आयोजित कार्यक्रममा आफू एक पल्ट संसदीय दलको नेतामा पराजीता हुँदैमा नथाकेको सुनाए ।
उनले भने, ‘म त क्लियर छु हेर्नुस, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन ।’
उनले अहिले नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरुबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने बताए ।
Categorized in राष्ट्रिय