१२ बैशाख २०८१, बुधबार
Header

फेरि बढ्यो पेट्रोेल, डिजेलको भाउ


प्रकाशित: बुधवार, २ चैत्र २०७८, २१ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले बुधवार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ ।


निगमका अनुसार प्रति लिटर रु ५ बढाएको मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ ।


हवाई इन्धनको मूल्य पनि बढेको छ । आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।


यस्तै, एलपी ग्यासको मूल्य पनि बढाइएको छ । बढेको मूल्य अब प्रतिसिलिन्डर १५७५ पुगेको छ ।


बुधबार समायोजन गरिएको मूल्यमा समेत घाटा व्यहोर्नु पर्ने अवस्था रहेको आयल निगमले विज्ञप्तिमा जनाएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD