२३ बैशाख २०८१, आइतबार
Header

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, केमा कति ?


प्रकाशित: शुक्रवार, २९ भाद्र २०८०, २१ः४९ बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थका मूल्य फेरी बढाएको छ । 


शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।


अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल/मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले मुल्यमा बृद्धि गरेको हो । 


यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD