१४ बैशाख २०८१, शुक्रबार
Header

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमा रु २५ बृद्धि


प्रकाशित: मंगलवार, २२ असार २०७८, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 


निगमले आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाएको हो । 


प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ ।


यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ । 


त्यसैगरी एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ । 


त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD