काठमाडौं । नेपालमा मंगलवार ८ जना कोरोना भाईरस (कोभिड–१९) को संक्रमण थपिएका छन ।
उदयपुरमा थप ८ जनामा संक्रमण पुष्टिभएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चालिस पुगेको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएको थियो ।
Categorized in राष्ट्रिय