८ बैशाख २०८१, शनिबार
Header

फेरि थपिए १३ जना कोरोना संक्रमित, संक्रमितको संख्या १३४ पुग्यो


प्रकाशित: सोमवार, २९ बैशाख २०७७, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा फेरि १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।


त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍– ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । 


यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । 


उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।


आजै विहान र दिउँसो गरी एघार जना संक्रमित थपिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD