काठमाडौं । फुटपाथ पसलको बढ्दो बजारले ललितपुरका बाटा र स्थानीय चोकहरु समस्यामा पर्न थालेपछि ललितपुर महानगर र स्थानीयहरु फुटपाथ पसल हटाउने अभियानमा जुटेका छन ।
स्थानीय टोल सुधार समितिहरु फुटपाथ पसल हटाउने अभियानमा सक्रिय भएपछि महानगरले सहयोग गर्ने भएको छ ।
मंगलबजारदेखि लगनखेलसम्म फुटपाथमा पसल गर्न नदिने भन्दै स्थानीयले अभियान नै सुरु गरेका छन ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार स्थानीय टोल सुधार समितिहरुको सहयोग भएको खण्डमा फुटपाथ हटाउने काम प्रभावकारी हुनेछ ।
फुटपाथ बजारको कारण पयर्टक, पैदल यात्रुहरु र स्थानीयहरु समस्यामा पर्न थालेपछि टोल सुधार समितिहरु सक्रिय भएको महानगर प्रवक्ता राजु महर्जनको भनाई छ ।
प्रवक्ता महर्जनले फुटपाथ लगयात सहरी सुव्यवस्थाको लागि महानगरले चाँडै नै थप नगर प्रहरीको भर्नाको विज्ञापन प्रकाशन गर्ने बताएका छन ।
महानगरसँग हाल २३ जना मात्र नगर प्रहरी रहेको छ । थप ५० जना प्रहरी भर्नाको तयारीमा महानगर रहेको छ ।
उनले फुटपाथ व्यवस्था र सहरी सुव्यवस्था कामय गर्नका लागि महानगरसाग पर्याप्त नगर प्ररही नरहेको बताए । त्यसैले तत्कालै ५० जना प्रहरी भर्ति गर्ने गरी प्रक्रिया अघि बढेको उनले बताए ।
Categorized in समाज