४ भाद्र २०८३, बिहिबार
Header

फुटपाथ व्यवसायीसँगको सहमति कार्यान्वयन बस्यो बैठक


प्रकाशित: शुक्रवार, १५ मंसिर २०८०, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । फुटपाथ व्यवसायीको मागबारे छलफल गर्न भएको सहमति कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनको नेतृत्वमा एक समिति गठन भएको छ ।


फुटपाथ व्यवसायीको मागलाई लिएर १९९ घन्टा उभिएर आन्दोलनमा उत्रिएको अभियान्ता ईंःसँग गत असोज १० गते महानगरले चार बुँदे सहमति गरेको थियो ।

 
सोही सहमति कार्यान्वयको विषयमा महर्जनको नेतृत्व गठित समितिसँग शुक्रवार पहिलो बैठक बसेको हो ।  


बैठकमा सडक बिक्रेता ऐनको आवश्यकताबारे, फुटपाथ व्यापार क्षेत्रहरू चिन्ह लगाउने, कर लगाउने, फुटपाथ बिक्रेताहरूलाई पहिचान गर्ने र महानगरले गर्नुपर्ने दीर्घकालीन लक्ष्यबारे पनि कुराकानी भएको अभियन्ता ईंः ले बताए । 


अभियन्ता ईः पक्षले भने महानगरलाई सम्झौतामा उल्लेख भएबमोजिम फुटपाथ व्यवसायीका जफत सामान फिर्ता गर्न आग्रह गरेको छ ।


समितिको अर्काे बैठक पुस ८ गतेका लागि बोलाइएको छ । उक्त बैठकमा फुटपाथ व्यवस्थापनका लागि दीर्घकालीन योजना र आवश्यकताबारे ईः पक्षले प्रस्तुती दिने कार्यक्रम रहेको छ । 


बैठकमा काठमाडौं महानगरबाट गठित समितिको तर्फबाट सूचना अधिकारी बसन्त आचार्य, वडा नम्बर २२ का अध्यक्ष महर्जन, नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, मेयर बालेनको सचिवालयबाट कुमार व्यञ्जनकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीका एक÷एक प्रतिनिधि सहभागी थिए । 


यस्तै अभियन्ता ईः का तर्फबाट कानुनविद् सुविन मुल्मी र फुटपाथ व्यापारी कुमार सापकोटाको उपस्थिती रहेको थियो। 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex