१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

फुटपाथ व्यवसायीद्धारा महानगरविरुद्ध आन्दोलनको घोषणा


प्रकाशित: शुक्रवार, १२ माघ २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंका फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेका छन । 


शुक्रवार संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका हुन । 


समितिले माघ १५ गतेदेखि देखि महानगरविरूद्ध आन्दोलन थाल्ने जानकारी दिएको छ । माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने व्यवसायीको तयारी छ । 


माघ १६ गते प्रदर्शन गरेर महानगरपालिका भवनमा धर्ना दिने र माघ २८ गते व्यवसायीहरूले बृहत सडक आन्दोलन गर्न लागेको बताएको छ । 


त्यसैगरी, माघ १७ गते जिल्ला प्रशासन कार्यालय, १८ गते गृहमन्त्रालय र १९ गते प्रधानमन्त्री कार्यालय र प्रमुख राजनीतिक दलका कार्यालयहरुमा ज्ञापन पत्र बुुझाउने कार्यक्रम रहेको छ । 


काठमाडौं महानगरले फुटपाथ र साना व्यवसायीहरूको माग सम्बोधन नगरेकाले आन्दोलनमा उत्रिनुपरेको व्यवसायीहरू बताउँछन । 


महानगरले जफत गरेका सामान फिर्ता गर्नुपर्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बताएकी छिन । 


उनले महानगर प्रहरीद्धारा व्यवासायीहरु माथि हुने चरम अमानविय व्यवहार रोकिनु पर्ने बताइन । 


‘केही दिन अघि मात्र सुन्धारा, रत्नपार्क, बालाजुमा व्यसायीहरुमाथि नगर प्रहरीको चरम दमन, चरम अमानविय व्यवहार सडक पेटीमा देखियो, गाडीका गाडी नगर प्रहरी आएर हाम्रा दिदी बहिनीहरुमाथि लछार पछार गर्ने, समान खोसेर लग्ने, धेरै धनजनको क्षति पनि भएको छ ।’ उनले भनिन । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex