११ बैशाख २०८१, मंगलबार
Header

फुटपाथ र ठेला व्यापार प्रतिबन्ध गराउन सिडियोलाई उपप्रमुख खड्गीको माग


प्रकाशित: शुक्रवार, २६ भाद्र २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले फुटपाथ र ठेला व्यापार पूर्ण रुपमा प्रतिबन्ध लगाउन माग गरेकी छिन । 


शुक्रवार काठमाडौंका प्रमुख जिल्ला अघिकार जनकराज दाहाललाई भेटी ‘फुटपाथ र ठेलागाडा व्यापार’वाक्यांश हटाएर पुनः आदेश जारी गर्न ध्यानकर्षण गराएकी हुन । 


जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ ।’ भनिएको छ । 


उक्त बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुन । 


उपप्रमुख खड्गीश्रेष्ठले महानगरले बार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय सन्दर्भमा अहिलेको आदेश महानगरको यो नीति बिपरीत भएको प्रमुख जिल्ला अधिकारी दाहाललाई वताएकी थिईन । 


यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ । यस ठाउँमा स्वास्थ्य सुरक्षा उपाय अबलम्बन गर्ने कम मात्र सम्भावना हुने, अनुगमन गर्न कठिन हुने र कन्ट्याक्ट ट्रेसिङ्ग जटिल हुने भएकोले आदेश सच्याएर पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुँ ।’ उप्रमुख खड्गीले भनिन ।


ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी दाहालले यो आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकुल गराउने उद्देश्यले जारी गरिएको तर महामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसहरुलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताए । 


यस विषयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यस सम्बन्धि छलफल गरेर निर्णयमा पुग्ने दाहालको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD