काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) फुटपाथ पसल अनुुगमनमा निस्केका छन ।
बुधवार साँझ तिर न्यूरोड एरियामा प्रमुख बालेनले पुटपाथ पसल राखेर व्यापार गरिरहेकाहरुलाई सडकमा पसल नराख्न अनुरोध गरेको छ ।
उनले सडकमा मकै पसल थापेर बसेका एक व्ब्यापारी महिलालाई अनुरोध गर्दै भने,‘यो बाटो कसरी बनेको हजुरलाई थाहा छ ?, मान्छेहरुको घर भत्काएर उहाँहरु रुदा रुँदा गरेर बनाएको बाटो पुुटपाथ अब हजुरले यसरी हालिदिनु हुुन्छ, हजुरले थोरै भाँडा तिरेर पसल राखिदिओस न् त ।’
व्यापारी भने पसल भाडा पाउनै ग्राहो छ कसरी भाडा लिनु भनेर प्रमुुख साहसँग प्रतिपश्न गरेको देखिन्थ्यो । प्रमुख शाहले उनीहरुलाई बाटो भनेको एम्बुलेन्स हिड्ने, गाडी हिड्ने यसो नगरिन आग्रह गर्दै उनले भने,‘ सरकारले यो बाटो बनाउन एक करोड खर्च गरेको हुन्छ, यसरी बाटोमा पसल हालिदिनु भयो भने त ?’
प्रमुख शाह अहिले महानगरभित्रका फुटपाथ हटाउन अभियान लागेको छ ।
Categorized in स्थानिय