८ बैशाख २०८१, शनिबार
Header

फुटपाथ अतिक्रमणविरुद्ध महानगर, जफत सामान लिलामी हुने


प्रकाशित: आईतबार, २३ बैशाख २०७५, ९ः५० बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं । फुटपाथ अतिक्रमणविरुद्ध गरेर ब्यापार—व्यवसाय सञ्चालन गरिरहेका बिरुद्ध काठमाडौं महानगरपालिकाले कडा अभिायन संचालन गर्ने भएको छ ।

 
महानगरपालिकाले दिउँसो समयमा अलि कडाई गरेपनि साँझको समयमा छुट दिई आएकोमा अब त्यसो नुहुने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।


पैदलयात्रुलाई फुटपाथ छाडेर सडकबाट हिड्नु पर्ने बाध्यता र राजधानीको सडकनै अस्तव्यस्थ देखिन थालेपछि महनगर कडा रुपमा उत्रिएको हो ।

 
फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको प्रवक्ता कार्कीले बताए । उनले बेलुकी ६ देखि राति १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न  नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए ।


महानगरले फुटपाथमा ब्यापार गर्नेको समान जफत गरेपछि परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएको अब सामान फिर्ता नगरेर लिलामी गर्ने भएको छ ।

 
अहिले काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा फुटपाथ ब्यापार यत्रतत्र देखिने गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD