काठमाडौँ । काठमाडौं महानगरपालिको फुटपाथमा कसले विरुवा रोपेर जान्छ महानगरलाई थाहा नहुने प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीले बताएका छन ।
सोमवार महानगरको पूर्वाधार समन्वय बैठकमा अधिकारीले सरोकारवाला निकायहरुसँगको छलफलमा सो कुरा बताएका हुन ।
बैठकमा उनले भने,‘सडकमा विरुवा रोप्न को आउँछ ? कसलाई सोधेर रोप्छ ? सडकका विरुवा काटिएका हुन्छन, कसले कसलाई सोधेर कुन मापदण्ड अनुसार काट्छ ? सडकका एउटा सेवाको काम सकेर कालोपत्रे हुन्छ, अर्को निकाय आएर कोट््याउन थाल्छ । पुतली सडकमा बनाइएको सडक पेटीका हरेक ५ मिटरमा अहिले खाडल बनाइएको छ ।’
उनले यस्ता उदाहारण दिएर अहिले महानगरको सडक सुरक्षामा चुनौति बढेको बताए ।
‘सबैले विकासकै काम गरेको हो । चाहिने भएर नै काम गरेको हो । तर, यो कामबाट जनतालाई सहज भएन । धुँवा धुलो बढ्यो । सडक असुरक्षा बढ््यो । सहरलाई कुरुप बनायो । यसलाई घटाउन महानगरले सरकारी कार्यालयहरुलाई पनि कानुनबमोजिमको कारवाही गर्ने गरी सार्वजनिक सूचना जारी गरिसकेको छ ।’ उनले भने ।
महानगरले सोमवार सडकमा गरिने सार्वजनिक, निजी पूर्वाधारका निर्माण तथा मर्मत कसरी र कुनबेला गर्ने बारे एक सार्वजनिक सुचना जारी गरेको गरेको जानकारी गराउँदै सो लाई कार्यन्वयन गर्नू पर्नेमा जोड दिएका छन ।
बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाले, महानगरपालिकाले ‘महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण वा मर्मत कार्य गर्दा पालना गर्नु पर्ने सर्त’ सम्बन्धी सार्वजनिक सूचनाबारे उल्लेख गरेका थिए ।
Categorized in स्थानिय