८ भाद्र २०८३, सोमबार
Header

फिल्म निर्माता वाग्लेको सुटिंगको बाहना चलेन, वाग्लेसहित ६ विरुद्ध मुद्दा दायर


प्रकाशित: शुक्रबार, २५ जेठ २०७५, १७ः५४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । फिल्म निर्माता माधव वाग्लेसहित ६ जनालाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा नक्कली नोट कारोकारको विषयमा मुद्दा दायर गरेको छ ।


गत जेठ २ गते २ करोड ६० लाख नक्कली नोटसहित पक्राउ गरेपछि निर्माता वाग्ले फिल्म सुटिंगको लागि छापेको बहाना गरेपनि प्रहरीले सो कुरालाई अस्वीकार गरेको छ । प्रहरीले ३ साता लामो अनुसन्धानपछि सो मुद्दा दायर गरेको जनाएको छ ।

 
प्रहरीले निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो ।

 
काठमाडौँ महानगरपालिका – २६ मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजाघरमा बिल दर्ता महेन्द्र बोगटील ेदिएको नक्कली नोटले यो काण्डको पर्दाफास भएको थियो ।


उनीहरुबाट भेटिएको नोट नेपाल राष्ट्र बैंकले नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex