काठमाडौं । आगामी दश बर्षपछि सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ ।
साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने छ ।
फिफा मुख्यालयमा बुधबार भएको मतदानमा साउदी एक्लैले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ ।
९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ ।
साउदीको ४ लाख नेपाली श्रमिक रहेको अनुमान गरिएको छ । यस विश्वकपले नेपाली श्रमिकको लागि रोजगारीको थप ढोका खुल्ने छ ।
Categorized in मनोरन्जन