६ जेठ २०८१, आइतबार
Header

फाईजर खोप कातिक २८ गतेबाट १२ बर्ष माथिका दीर्घ रोगीलाई लगाईने


प्रकाशित: सोमवार, ८ कातिक २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । अमेरिक सरकारको अनुदानमा फाईजर खोप सोमवार काठमाडौं आईपुगेको छ । 


टेकुस्थित केन्द्रिय खोप भण्डारमा अनुदान प्राप्त एक लाख ६२० डोज फाइजर खोप भण्डारण गरिएको छ । सरकारले कात्तिक २८ गतेदेखि सार्वसाधारणलाई लगाउने तयारी गरेको छ ।


स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालका अनुसार मधुमेह दिवसको अवसर पारी कात्तिक २८ गतेदेखि खोप लगाउने तयारी गरिएको खोप १२ बर्षमाथिका दीर्घ रोगीहरुलाई लगाईने भएको छ । 


नेपालमा हाल प्रयोग भइरहेका एस्ट्राजेनेका, भेरोसेल, कोभिशिल्ड र जोनसन एण्ड जोनसन खोपभन्दा यो खोप फरक किसिमको भएकाले सोमबार नै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।


खोप महाशाखा प्रमुख दाहालका अनुसार विशेषज्ञ सेवा दिने देशभरका २४ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन । जसमध्ये काठमाडौं उपत्यकाभित्र ९ वटा अस्पताल र बाँकी १५ वटा अस्पताल सबै प्रदेश समिटिने गरी तोकिने छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD