२७ बैशाख २०८१, बिहिबार
Header

फर्पिङको पचली भैरव दरबारमा कोतघर शिलान्यास 


प्रकाशित: शनिवार, १२ फागुन २०८०, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । फर्पिङको झम्केश्वरीस्थित ऐतिहासिक दरवारको भग्नावशेष क्षेत्रमा कोतघर पुर्ननिर्माणका लागि शिलान्यास भएको छ । 


फागुण ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारी कोतघर परिषरमानै आयोजित एक समारोहका वीच बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जनको प्रमुख आथित्यमा शिलान्यास गरिएको हो ।


सो अवसरमा मन्त्री महर्जनसहित मुख्य सचिव  बैकुण्ठ अर्याल , दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत , उपमेयर बसन्ती तामाङ डंगोल र दक्षिणकाली ६ का वडाध्यक्ष शैलेशमान मानन्धरले संयुक्त रुपमा शिलान्यास गरे ।  


प्रत्येक वर्ष घटस्थापनामा देशबासीका लागि सामुहिक जमरा राख्ने कोतघर  किरातकालिन राजा पचली भैरवको दरवार मानिन्छ । लिच्छवीकालिन संरचना रहेको झम्केश्वरी दरवारपनि भनिने सो कोतघर लामोसमयदेखि भग्नावशेषको रुपमा रहेको थियो । 


जुन कोतघरलाई वडाध्यक्ष मानन्धरको पहलमा परम्परागत नेवारी बास्तुकला युक्त हुनेगरी पुर्ननिर्माण हुन लागेको हो । 


पुर्णतः दचि अपा ,सुर्कि ,चुना र झिङगति छाने तीन तल्ले हुने गरी बन्ने कोतघर  ५२ , ४९ फिट क्षेत्रफलको संरचनामा बन्न लागेको हो । 


दक्षिणकाली नगरपालिकाको ५० लाख अनुदान रहेको कोतघर निर्माणको कार्यदेश  ४८ लाख ५० हजार रुपियाँ रहेकोछ भने र जनश्रमदान ४ लाख ८५ हजार रुपियाँ रहेको सो कोतघर निर्माण हुनेछ । 


एक वर्षको समय भित्र लाग्ने जनाएको छ । कोत घर पुर्ननिर्माण लगतै परम्परागत जात्रा पर्व निकाल्ने ,जमरा राख्ने देखि फर्पिङ क्षेत्रका  पुरातात्वीक सास्कृतिक सामग्रीहरु संकलन , संरक्षण गर्न संग्रहलयको रुपमा प्रवद्र्धन गर्ने बताईएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD