२५ बैशाख २०८१, मंगलबार
Header

फर्जी कागजात बनाएर भिजिट भिसामा पठाउने ३२ जना पक्राउ


प्रकाशित: बुधवार, २७ मंसिर २०८०, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । फर्जी (नक्कली कागजात) बनाएर भिजिट भिसामा विभन्नि देश पठाउने गिरोहका ३२ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरेर कार्वाही पक्रिया अघि बढाएको जानकारी दिए । 


ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहितलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।


गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा पक्राउ पर्नेहरुमा कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन ।


प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीका अनुसार पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेलसमेत छन ।


त्यसैगरी, ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी रहेका छन ।


एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल पक्राउ परेका छन् । त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD