काठमाडौं । तत्कालिन किष्ट बैंक डुवाएर फरार भएका पूर्व बैंकर तथा प्रवन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेको छ ।
ज्ञवालीलाई महानगरिय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेको जनाएको छ । उनी त्यहाँ लुकेर बसेका थिए ।
महाशाखाले ज्ञवालीलाई काठमाडौं ल्याएको छ ।
तत्कालिन प्रबन्ध सञ्चालक रहँदा ज्ञवालीले सिद्धार्थ बैंकबाट जम्को प्रकाशनको नाममा साढे १२ करोड ऋण लिई रकमको अपचलन गरेको अभियोगमा उनीमाथि केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।
ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले २०७३ जेठमा पूर्व बैंकर कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई जेल र जरिवानाको सजाय सुनाएको छ ।
उनीहरु दुवैलाई अदालतले ३ बर्ष कैद र १२ करोड ५० लाख जरिवाना सुनाएको थियो ।
Categorized in बैंक