४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

फरार अभियुक्त ललितपुरबाट पक्राउ


प्रकाशित: मंगलावर, ११ मंसिर २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । जिल्ला अदालत ललितपुरले कैद र जरिवाना सुनाएका एक फरार अभियुक्त पक्राउ परेको छ । 


महानगरीय प्रहरी परिसर ललितपुरले चार वर्र्षदेखि फरार अभियुक्त महानगरपालिका –२२ फर्सिडोल बस्ने ४० वर्षीय दुर्लभ शाक्यलाई सोही स्थानबाट सोमबार पक्राउ गरेको हो । 


प्रहरी निरीक्षक खुमलाल भुुसाल नेतृत्वको टोलीले शाक्यलाई पक्राउ गरी कर्वाही अघि बढाएको हो ।


जिल्ला अदालत ललितपुरले विसं २०७१ चैतमा कुटपिट अङ्गभङ्ग मुद्दामा शाक्यलाई अदालतले सात वर्ष ११ महीना पाँच दिन कैद सुनाएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 


गतसाता मात्रै परिसरले ठगी तथा जालसाजी मुद्दामा दुई वर्ष पहिले अदालतले कैद तथा जरिवाना सुनाएको ललितपुर महानगरपालिका–१३ का राज महर्जनलाई पक्राउ गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex