३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

फनपार्क र टुकुचाको तरकारी बजार भाडा सम्झौता रद्द


प्रकाशित: मंगलवार, १७ बैशाख २०७६, ०८ः२० बजे
- महानगरखवर

काठमाडौं । सस्तो भाडादारमा लामो समय भाडा लगाएको भृकुटीमण्पमा सञ्चालित फनपार्क र तरकारी बजारको भाडा सम्झौता रद्द गरिएको छ । 


समाज कल्याण परिषदको आईतबार बसेको बैठकेले भाडा सम्झौता भंग गरेको जनाउँदै परिषद्को अर्को आदेशविना फनपार्क र तरकारी बजार सञ्चालन गर्न नपाईने परिषदका सुचना अधिकृत दुर्गाप्रसाद भट्टराईले बताएको छ । 


भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्कको लागि  ६० र ल्यामापुचःले २५ रोपनी जग्गा भाडामा लिई मनोरञ्जन स्टल सञ्चालन गर्दै आएका थिए । 


त्यसैगरी हरितकृषि सहकारीले टुकुचाको ८.५ रोपनी जग्गामा तरकारी बजार सञ्चालन गर्दै आएको थियो । 


सम्झौता अनुसार ०५३ सालमा ल्यामपुचःले २५ वर्षका लागि सो जग्गा भाडामा लिएको थियो । ल्यामपुचःले ०७८ सालसम्म भाडाको जग्गा उपभोग गर्न पाउनेछ ।


यसबापत पुचःले परिषद्लाई प्रतिवर्ष एक लाख ६० हजार रूपैयाँ भाडा बुझाउने सर्त थियो । 


त्यस्तै, फनपार्कले ०६९ सालमा पन्ध्र बर्षको लागि जग्गा भाडामा लिएका थिए । उनको समय अवधि  ०८४ सालसम्म जग्गा उपभोग गर्न पाउने भनिएको थियो । 


फनपार्कले यसबापत परिषद्लाई प्रतिवर्ष ७३ लाख २० हजार रुपैयाँ बुझाउने सर्त थियो । त्यस्तै हरितकृषि सहकारीले भने ३० वर्षका लागि ०७४ सालमा टुकुचाको जग्गा लिएको थियो । उसले परिषद्लाई प्रत्येक महिना करिब १२ लाख रुपैयाँ बुझाउने सर्त थियो ।


परिषद्का अनुसार फनपार्क र तरकारी बजारको भाडा सम्झौता अस्वाभाविक देखिएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदको आधारमा सरकारका मन्त्रिपरिषद् बैठकले भाडा सम्झौता खारेज गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex