१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्लास्टिकमुक्त अभियानमा काठमाडौ ! (भिडियो)


प्रकाशित: मंगलवार, ३ साउन २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौका स्थानीय क्लब, संघ, संस्थाहरुले काठमाडौंलाई प्लाष्टिक मुक्त बनाउने अभियान सञ्चालन गरेका छन ।


अभियानका बिजय श्रेष्ठले काठमाडौंको कोरसिटीभित्र एक महिनासम्म यो अभियान सञ्चालन गरी सर्वसाधारणमा जनचेतना जोगाउन अभियान सुरु गरेको जानकारी दिए । 


उनले विहानको समयमा बजारमा तरकारी लगायत घरयासी सामान किन्न आउने ग्राहकलाई लक्षित गरी अभियान चलाएको बताए । उनले भने,‘ बजारमा आउने सर्वसाधरणले प्लाष्टिकको थुप्रो झोलमा तरकारी समान खरिद गरेका हुन्छन तर हामीले रु २० मा दिने कपडाको झोलामा ती सबै समान पनि अट्ने हुन्छ । उनीहरुबाट प्लाष्टिको झोला लिएर कपडाको झोला दिन्छौ र प्लाष्टिकको झोला हामी राख्छौ ।’


यही साउन २ गते देखि एक महिना सम्म काठमाडौका असन, जनबहा, इन्द्रचोक लगायत क्षेत्रमा अभियान सुरु गरिएको हो । वातावरणको लागि एकदमै खतरानाक प्लाष्टिकको झोलबाट हामी सबै मुक्त हुनुपर्ने अभियानकर्ता श्रेष्ठको भनाई छ । 


यस अभियानमा वडा, स्थानीय प्रहरी, मछिन्द्र क्लव लगयात थुप्रै समाजिक संस्थाको सहभागिता रहेको उनले बताए । 


काठमाडौ महानगरले पनि प्लाष्टिकको झोलामा प्रतिवन्ध लगाएको छ तर व्यहारमा कार्यन्वयन नहुँदा समस्या ज्यूको त्यही छ । 


भिडियो 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex