३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रेमकृष्ण ताम्रकार स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता– २०७६ हुने


प्रकाशित: आईतबार, ११ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । ताम्रकार समाजको आयोजनामा ‘प्रेमकृष्ण ताम्रकार स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता– २०७६’ हुने भएको छ ।


समाजका अध्यक्ष तथा कार्यक्रम संयोजनक रविन्द्रराज ताम्रकारले जारी गरेको विज्ञप्तीमा ब्याडमिन्टन प्रतियोगिता– २०७६’ कार्यक्रम सार्वजनिक गरिएको छ ।


सो प्रतियोगिता आगामी चैत्र ८ गते देखि १५ गतेसम्म ताम्रकार समाज भवन, जावलाखेलमा हुने जनाएको छ । यस खेलको लागि प्रतियोगिता निस्पक्ष रुपमा संचालन गर्नका लागी एक प्राविधिक टोलीको समेत गठन गरीएको छ ।


समाजका अध्यक्ष ताम्रकाकराले ललितपुरका प्रत्येक जातिय समाजबाट अधिकतम टिमले भागलिन पाउने उक्त प्रतियोगितामा मेन्स डबल ओपनमा सय भन्दा बढी टीमको सहभागीताको अपेक्षा गरेका छन । 


साथै ४५ वर्ष भन्दा माथि उमेरका समूहमा भेट्रान प्रतियोगिता पनि गरीने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई आकर्षक नगद पुरस्कारका साथ शिल्ड तथा मेडलको समेत व्यवस्था गरीएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


समाजका संस्थापक अध्यक्ष स्व. प्रेमकृष्ण ताम्रकारको स्मृतिमा हुन लागिरहेको यस प्रतियोगिताले स्व.ताम्रकारले समाजमा पुरााएको योगदानको कदर हुने विश्वास अध्यक्ष ताम्रकारले लिएको बताएका छन । 


स्व. प्रेमकृष्ण ताम्रकार आफै अन्तर्राष्ट्रियस्तरको अन्तराष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडीको रुपमा समेत परिचित थिए भने उनले नेपालभित्रका प्रमुख प्रतियोगिताहरु तथा एशियन खेलकुदमा समेत नेपालको प्रतिनिधित्व बताईएको छ । 


त्यसैगरी उनी सामाजिक कार्यहरुमा संलग्न रहनुकासाथै तत्कालिन ललितपुर नगरपालिकाको का.मु. प्रमुख जस्तो गरीमामय पदमा रहेर जिम्मेवारी पुरा गरेका थिए । 


                                                
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex