१२ बैशाख २०८१, बुधबार
Header

प्रियंका रेड्डीका हत्या आरोपीहरु प्रहरी इन्काउन्टरमा मारिए


प्रकाशित: शुक्रवार, २० मंसिर २०७६, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । भारतको हैदरावादमा भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डीको बलात्कारपछि हत्या आरोपमा समातिएको ४ जना प्रहरी इन्काउन्टरमा मारिएका छन । 


भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु शुक्रबार बिहान प्रहरी इन्काउन्टरमा मारिएका हुन । प्रहरीले अनुसन्धानका लागि चारै जनालाई शव भेटिएको स्थानमा लगिएको थियो तर अभियुक्तहरुले प्रहरीको हतियार खोसरे भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । 


साईबराबाद प्रहरी कमिश्नर वीसी सज्जनारले पत्रकार सम्मेलन गरेर घट्नाबारे विस्तृत जानकरी दिएका छन ।

 
उनीहरु सबैको घटनास्थमै मृत्यु भएको हैदारवाद प्रहरीले पुष्टि गरेको छ । उक्त घट्नामा दुई जना प्रहरी समेत घाईते भएका छन । 


गत बुधवार हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर प्रियंका रेड्डी अस्पतालबाट घर फर्कने क्रममा नजिकैको प्लाजामा राखिएको उनको स्कुटरको टायर पन्चर भएको थियो । 


घर फर्किने क्रममा राती भईसकेको अवस्था र नजिकै कुनै वर्कशप पनि नभएकोले अचानक दुई जना पुरुषहरु आएर सहयोग गर्ने भन्दै अघि सरे । 


प्रियंकाले सुरुमा ती पुरुषहरुको प्रस्ताव अस्विकार गरेपनि पछि विश्वास गरेका थिए र प्रियंकाले बहिनीलाई स्कुटरको पन्चरबारे जानकारी दिँदै सम्पर्कमै रहनु भनेका थिईन । 

 

 


तर केही बेरपछि नै प्रियंका फोन स्वीच अफ भयो । उनको अत्तोपत्तो नभएपछि परिवारले छोरीको खोजी गर्दै प्रहरीमा उजुरी गरे । 


उक्त दिन प्रियंका भेटिएन भोली (विहिवार) पल्ट विहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए ।


प्रहरी घटनास्थलमा पुगेपछि जलेको अवस्थामा प्रियंकाको शव भेटियो । घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए ।


प्रियंकाको बलात्कारपछि हत्या भएको घट्ना सार्वजनिक भएपछि भारतमा दिन दिनै नारा जुलुस, प्रदर्शन, धर्ना हुन थालेको थियो भने हत्या आरोपीलाई फाँसीको सजाय माग गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD