७ जेठ २०८१, सोमबार
Header

प्रियंका गान्धीद्वारा काँग्रेसको महासचिवको पदभार ग्रहण 


प्रकाशित: विहिवार, २४ माघ २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । भारतीय कांग्रेस आईको महासचिव पदमा प्रियंका गान्धीेले बुधवार पदभार ग्रहण गरेकी छिन । 


महासविचमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गर्नु भएको काँग्रेसले जनाएको छ । 


आगामी लोकसभा निर्वाचनको तयारी र पार्टी अध्यक्ष राहुल गान्धीलाई भावी प्रधानमन्त्री बनाउने रणनीतिमा यतिखेर भारतीय कांग्रेस देखिएको छ । 


पार्टीलाई आसन्न निर्वाचनबाट फेरी सत्तामा पु¥याउनका लागि प्रभावकारी उपायको रूपमा प्रियंकाको नियुक्तिलाई व्याख्या गरिएको छ । 


झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेका थिए ।  


त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गर्नु भएको हो । 


विश्व राजनीतिमा नेतृत्व पंक्तिमा रहेको भारत १९४७ मा जवाहरलाल नेहरू पहिलो प्रधानमन्त्री भएदेखि नेहरू–गान्धी परिवारको प्रभावमा रहेको छ । विगत पाँच वर्ष पार्टीको उपाध्यक्ष रहेका भएका राहुल अध्यक्ष बनेपछि गान्धी नेहरू परिवारबाट भारतीय काँग्रेस पार्टीको नेतृत्व लिने छैटौँ व्यक्ति हुन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD