८ बैशाख २०८१, शनिबार
Header

प्रितम खड्गी उर्लावारी उद्योग संघको अध्यक्षमा निर्वाचित


प्रकाशित: बुधवार, १३ भाद्र २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । उद्योग बाणिज्य संघ, उर्लावारीको अध्यक्षमा प्रितम खड्गी निर्वाचित भएका छन । 


गएराती सम्पन्न मतगणना परिणाम अनुसार खड्गीले प्रतिद्वन्द्वी निर्वतान अध्यक्ष चन्द्र भट्टराई (भरत) लाई ६७ मतको अन्तरले पराजित गर्दै संघको अध्यक्ष पदमा चयन भएको हो । 


खड्गीले ८४४ मत प्राप्त गरेका थिए भने भट्टराईले ७७७ मत प्राप्त गरेका थिए । 


त्यसैगरी अध्यक्षका अर्का स्वतन्त्र उम्मेदवार धर्मराज शाक्यले जम्मा ३३ मत प्राप्त गरेका थिए । 


वरिष्ठ उपाध्यक्षमा बिनोद न्यौपाने, उद्योग उपाध्यक्षमा यमलाल रसाईली, वाणिज्य उपाध्यक्षमा शेर बहादुर भण्डारी निर्वाचित भएका छन भने महासचिवमा रामबहादुर खतिवडा, उद्योग सचिवमा सम्झना खतिवडा ( आचार्य ), बाणिज्य सचिवमा नेत्र आँपागाइ  र कोषाध्यक्षमा सुनिल बोहरा निर्वाचित भएका छन् । 


त्यसैगरी सदस्यहरुमा डिल्लीराम खतिवडा, कृष्णराज गिरी, निर्मला चौहान, यज्ञबहादुर कार्की र योगेन्द्र निरौला निर्वाचित भएका छन् । 


संघको लेखा समिति संयोजकमा केदार रिजाल, लेखा सदस्यमा जंगबहादुर कार्की र विनाता दाहाल निर्वाचित भएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD