काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईयो)मा संजिव मानन्धर नियुक्त भएका छन ।
चार्टर्ड एकाउन्टेन्ट मानन्धर नियुक्तलाई शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको रिक्त सीईओ पदमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम मानन्धरलाई नियुक्त गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको उपस्थितीमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ ।
तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसाग आवद्ध रही कार्य गरिसकेका छन ।
Categorized in बैंक