१० भाद्र २०८३, बुधबार
Header

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा


प्रकाशित: विहिवार, २३ मंसिर २०७८, २०ः०० बजे
- केडिआर

काठमाडौं प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. ले हालै एक कार्यक्रम गरि चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 


कमल पोखरी काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन, आ.ब. २०७६।०७७ को लेखा परिक्षण प्रतिवेदन, वासलात, आयव्यय हिसाब, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण, लेखा परिक्षक नियुक्ति, पारिश्रमिक तोक्ने सम्बन्ध, स्वतन्त्र संचालक नियुक्ति अनुमोदन सम्बन्ध तथा विभिन्न विशेष प्रस्ताव उपर छलफल गरी आगामी आ.ब. को लागि पारित गरेको छ ।


साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.ब. मा कम्पनीको चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ, जगेडा तथा कोष ५२ करोड ९४ लाख २७ हजार ५ सय ३१ रुपैयाँ, जीवन बिमा कोष ११ अर्ब ३० करोड ४८ लाख ५७ हजार ५ सय ७८ रुपैयाँ महाविपत्ति जगेडा १३ करोड ९१ लाख ३४ हजार ६ सय ४१ रुपैयाँको भएको छ भने कम्पनीको कुल श्रोत १४ अर्ब ३९ करोड ४ लाख ७६ हजार ७ सय ७३ रुपैयाँको भएको छ । साधारण सभा कम्पनीका अध्यक्ष पियुषराज अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex