काठमाडौं । प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने दिपेन्द्र जैसवाल प्रहरी इन्काउन्टरमा मारिएका छन ।
सप्तरीको खडक नगरपालिकास्थित विसनपुर चौकीका प्रहरी हवल्दार यादवमािथ केही दिन अघि गोली प्रहार भएको थियो ।
प्रहरीको सर्वाधिक खोजीमा रहेका जैसवाललाई सिराह नगरपालिका १५ सुखचैनामा नियन्त्रणमा लिन खोज्दा प्रहरीमथिनै जाईलोगेपछि जवाफी फायरमा मारिएको प्रहरीको दावी छ ।
प्रहरीका अनुसार जैसवाल प्रगतिशील तराई मुक्ति मोर्चाको संयोजक समेत रहेको बतएको छ ।
जैसवाल २०७४ मा प्रहरीको मोबाइल गाडीमा एम्बुस थाप्ने र २०७२ मा प्रहरी रमेश सुब्बामाथि गोली हानी हत्या गरेको आरोपमा जैसवाल प्रहरीको खोजी सूचीमा थिए ।
Categorized in समाज