१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ


प्रकाशित: सोमबार, ३ मंसिर २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको छ । 


आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत हजरालाई रु एक लाख घुससहित पक्राउ अदुअआका प्रवक्ता रामेश्वर दङ्गालद्वारा आईतबार जारी विज्ञप्तिमा उल्लेख छ । 


प्रहरी हवल्दार हजारलाई कलैया उपमहानगरपालिका–१ देवकीलाल धर्मशालाबाट नियन्त्रणमा लिएको हो । 


उनले सेवाग्रहीसित पान तथा मसलाजन्य पदार्थ विभिन्न ठाउँमा पठाउन सहज गरिदिने बहानामा सेवाग्राहीसित घुस रकम माग गरिररहेको भन्ने सूचना एवं उजुरीका आधारमा नियन्त्रण लिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex