काठमाडौं । प्रहरी अनुसन्धानमा गएराती भैंसेपाटी प्रहरी प्रभागमा रहेका २ डाँकासहित ३ जना फरार घट्नामा प्रहरीको लापरवाही देखिएको प्रारम्भिक निष्कर्ष देखिएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी र ललितपुर प्रहरी परिसर, जावलाखेलको संयुक्त टोलीले गरेको स्थलगत निरीक्षणबाट सो निष्कर्ष निकालिएको हो ।
टोलीको प्रारिम्भक निष्कर्षका अनुसार प्रहरी अधिकृतकै लापरवाही देखिएको जनाएको छ ।
प्रभागबाट डाँका चोरी मुद्दाका शमशेर माझी, रुद्रलाल श्रेष्ठ र लागूऔषध मुद्दाका रविकुमार तिम्सिना फरार भएपछि घट्नाले सबै अचम्मित बनेका थिए ।
चौविसै घन्टा सुरक्षाकर्मीको घेरामा रहने हिरासत कक्षबाट कैदी भाग्नुले प्रहरीको चरम असंवेदनशीलता देखाएको सुरक्षा अधिकृतको भनाई छ । शौचालयभित्र रहेको ग्रिल काटेर अभियुक्तहरु भागेको देखिएको छ । ग्रिल काट्ने ‘ह्याक्सो’ ब्लेड प्रयोग गरेर भागेपछि यस कसरी सम्भव भयो भन्ने प्रश्न उठेको छ ।
सो घटनामा लापरबाही गरेको आरोपमा ड्यूटीमा खटिएका तीन प्रहरी कारबाहीमा परिसकेका छन । प्रहरीले फरार अभियुक्तहरुको ब्यापक खोजी भईरहेको जनाएका छ ।
Categorized in समाज