७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रहरी प्रमुख कुँवर ग्रीस प्रस्थान


प्रकाशित: सोमवार, ७ असोज २०८१, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन । 


ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन ।  


कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुने भएको छ ।  

 
महानिरीक्ष कुँवरलाई विदाइ गर्न सिआइबी प्रमुख दिपक थापा ,  प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर पुगेका थिए ।


प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी पाएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex