२२ बैशाख २०८१, शनिबार
Header

प्रहरी कारबाहीले बढायो राजस्व, सबैभन्दा बढि अबैध सुनबाट


प्रकाशित: मंगलवार, १३ पुस २०७८, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रहरी कारबाहीबाट हुने जरिवानाले सरकारको राजस्व बढाएको छ । 


नेपाल प्रहरीका अनुसार ट्राफिक जरिवाना, अबैध मुद्रा, अबैध सुन, मास्क नलगाउने लगायत विभिन्न शिर्षकबाट प्रहरीले राजस्व संकलन गरेको हो । 


यी मध्ये अबैध सुन बरामदबाट सबैभन्दा बढि राजस्व संकलन भएको प्रहरीले जनाएको छ । पाँच महिनामा सुनबाट मात्र ८५ करोड ६१ लाख ५५ हजार ७ सय ९१ रुपैयाँ संकलन गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ३ सय ४० प्रतिशतले बढी हो ।


आर्थिक वर्ष २०७७/७८ मा १९ करोड ४२ लाख ३७ हजार ९ सय ८७ रुपैयाँ संकलन गरिएको थियो । प्रहरीले विमानस्थलबाट हुने अबैध सुन तस्करीमा सर्तकता बढाएपछि बढि मात्रामा सुन बरामद गर्न प्रहरी सफल भएको छ । 


त्यसैगरी ट्राफिक कारबाहीबाट चालु आर्थिक वर्षको पाँच महिनामा ५७ करोड ६० लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । यो ६३ प्रतिशतले राजस्वमा वृद्धि भएको प्रहरीको भनाइृ छ । 


आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा ट्राफिक कारबाहीबाट ३५ करोड १९ लाख २० लाख ७ सय रुपैयाँ संकलन गरिएको छ ।


अवैध मुद्रा बरामदबाट चालु आर्थिक वर्षको पाँच महिनामा ५ करोड ८७ लाख ५५ हजार ५६७ रुपैयाँ संकलन गरिएको नेपाल प्रहरीले बताएको छ । 


मास्क नलगाई हिड्नेबाट प्रहरीले पाँच महिनामा ८ लाख १६ हजार ५ सय रुपैयाँ सङ्कलन गरेको छ । 


समग्रमा प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा मात्र  २ अर्ब २० करोड ८२ लाख ६० हजार ८ सय ७२ रुपैयाँ राजस्व संकलन भएको  बताएको छ । 


गत आर्थिक वर्ष २०७७/७८०को पहिलो पाँच महिनामा १ अर्ब ६ करोड ८१ लाख २९ हजार ५ सय ५१ रुपैयाँ संकलन गरिएको थियो । 


गएको चाल आर्थिक वर्षमा नेपाल प्रहरी विभिन्न ८ शीर्षक २ अर्ब ९० करोड ९७ लाख १३ हजार ९ सय २३ रकम सङ्कलन गरेको हो । आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १७ करोड ७६ लाख ४२ हजार ३ सय ५४ रुपैयाँ संकलन गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD