काठमाडौं । प्रहरीले धादिङको गजुरी गाउँपालिका १ स्थित सोतीखोलाट प्रहरीले प्रतिबन्धित अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध सहित कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।
गाडीको पछाडि सिटमुनि फल्स बटम बनाइ चारवटा पोका पारी अफिम र खैरो टेप लगाएर ¥यापिङ गरिएको अवस्थामा चरेस बरामद गरिएको हो ।
Categorized in समाज