२८ भाद्र २०८१, शुक्रबार
Header

प्रहरीमाथि आक्रमण गरेको आरोपमा लप्सीफेदीबाट १४ जना पक्राउ


प्रकाशित: शनिवार, २ मंसिर २०८०, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा शुक्रवार प्रहरीमाथि आक्रमण गरेको आरोपमा १४ जना पक्राउ परेको छ ।


लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवादमा हुँदा स्थानीय र प्रहरी विच विवाद भएको थियो । 


प्रहरीले आक्रमण संलग्न भएको आरोपमा शनिवार विहान १० जना  र शुक्रबार राति चार जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १० जना पक्राउ परेका छन । 


नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा सबस्टेसन निर्माण गर्ने भएपछि स्थानीयले सो स्थानमा बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने माग राख्दै आन्दोलरत छन । 


सो सवस्टेशन निर्माण गर्ने स्थानमा प्रहरी नायव उपरीक्षक (डिएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो । 


सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


chunikhel ad
maharjan complex