३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रहरीबाट निर्घात कुटिए कन्टेनर चालक, चालकले प्रहरीमाथि छाडेको प्रहरी दावी


प्रकाशित: बुधवार, १८ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले रसुवामा समान ढुवानी गर्ने कन्टेनर चालकमाथि निर्घात कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाईरल भएको छ ।


भिडियोमा दुईजना प्रहरीले कन्टेनर चालक चालक श्रीमान तामाङलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको दृश्य देखिएको छ । 


मंगलवार रसुवाको रसुवाको टिमुरेमा तामाङ कुटिएका हुन । उनलाई नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारले कुटेका थिए । 


नेपाल–चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक तामाङले आफ्नो गल्ती स्वीकारे जनाएपनि कुटपिट गरेको भन्दै प्रहरीको आलोचना भईरहेको छ । 


प्रहरीका अनुसार चालक तामाङले प्रहरीमाथि हात छाडेपछि उक्त घट्ना घटेको दावी गरेका छन । साँघुरो बाटोमा अव्यवस्थित रुपमा राखिएको गाडी हटाउन आग्रह गर्दा चालक तामाङले हात छोडेको  रसुवा प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकाले सञ्चारमाध्यमलाई बताएका छन । 


भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिएको छ । प्रत्यक्षदर्शीहरुले प्रहरीलाई सम्झाएपनि प्रहरीले कुटपिट रोकेको थिएन । 


ट्यांकर चालकहरूले घटनाको विरोधमा बुधबार सवारी आवागमन बन्द गराउने चेतावनी दिएका छन ।


प्रहरीले चालक तामाङ र कुटपिट गर्ने प्रहरीलाई नियन्त्रणमा लिएको बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex