४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रहरीद्धारा ‘प्रकाश’ साप्ताहिक जफत


प्रकाशित: बुधवार, १० असोज २०७५, १०ः५६ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा स्थलबाट साप्ताहिक पत्रिका ‘प्रकाश’ जफत गरेको छ । 


प्रज्ञा प्रतिष्ठानमा महासङ्घको साधारणसभा स्थलबाट जफत भएको  पत्रिका  विषयमा नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल आपत्ति जनाएको छ । 


महासङ्घका केन्द्रीय लेखा आयोगका पूर्व संयोजक दीपक पाण्डेको सम्पादनमा प्रकाशित सो साप्ताहिक पत्रिका जफत शाखाले आपत्ति जनाएको हो । शाखाका अध्यक्ष सन्तराम बिडारीले विज्ञप्ति जारी गरी पत्रिका वितरणमा रोक लगाउनु र जफत गरिनु स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको बताएको छ ।

 

स्मरणीय छ, बिहिबार प्रकाशित सो पत्रिकामा ‘बुथमा लुट’ शिर्षकमा प्रहरीको अनियमितता सम्वन्धी समाचार समेत प्रकाशित भएको थियो । हामी सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले स्वतन्त्रता र निर्भयतापूर्वक समाचार संकलन गर्न, प्रसारण तथा प्रकाशन गरेर जनताको सूसचित हुन पाउने हक माथि भएको निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौं भनी जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex