४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रहरीद्धारा ३१ जना सडक बालबालिकाहरुको उद्धार


प्रकाशित: मंगलवार, १४ फागुन २०७५,१५ः०५ बजे
- महानगरखबर

काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गौशाला क्षेत्रबाट १९ जना र ठमेल क्षेत्रबाट १२ जना गरी जम्मा ३१ जना सडक बालबालिकाहरुको उद्धार गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुन: स्थापना केन्द्रको संयुक्त साझेदारी तथा समन्वयमा सोमबार राति उनीहरुलाई उद्धार गरिएको हो ।  


कुलत तथा दुर्व्यसनमा फसेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय व्यक्तिहरु तथा बालबालिकाहरुको जीवन जोखिममा रहेको साथै उनीहरुको मृत्यु समेत हुने सक्ने भएकोले उनीहरुको उद्धार गरिएको हो ।

 

उनीहरुलाई सोभर रिकभरी सेण्टर जोरपाटी, काठमाडौंमा पुन:स्थापना गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex