४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रहरीद्धारा सडकमा रात्री विताउने असहायहरुको उद्धार


प्रकाशित: बुधवार, १८ पुष २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सडकमा रात विताउन बाध्य भएका असहाय, बृद्ध, बद्धा तथा बालवालिको उद्धार तथा पुर्नस्थापना कार्यमा प्रहरी लागेको छ ।

 
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार रातिबाट सो अभियान सञ्चालनको क्रममा कालिमाटी, स्वयम्भू, सितापाईला क्षेत्रबाट राति ७ जना पुरुषको उद्दार गरी हिमालय वृद्धाआश्रम, गोंगबुमा राखिएको छ । 


उद्दार गरिएका ब्यक्तिहरुको परिवार तथा आफन्तको खोजी, आवश्यक उपचार, परामर्श समेत गरी पुनः समाज तथा परिवारमा पुर्नस्थापना गर्ने कार्यमा प्रहरीले बिभिन्न संघ–संस्थासँग संमन्वय गरिरहेको छ । 


काठमाडौंको सडकलाई व्यवस्थित, सुरक्षित बनाउने र सडकमा जीवन यापन गर्न बाध्य मानिसहरुको जिवनमा परिवर्तन ल्याउने जस्ता मानविय कार्य विभिन्न संघ–संस्था, सरकारी निकायसँग समन्वय गरि निरन्तरता दिने कार्य जारी राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex