काठमाडौं । प्रहरीले शनिवार साँझ यातायात व्यवसायीका मुख्य पदाधिकारीहरुलाई पक्राउ गरेको छ ।
सिण्डिकेट लाद्न हिजो देशभर चक्काजाम गरेर आन्दोलनमा उत्रेका व्यवसायीहरुलाई गृहमन्त्रीले पक्राउ गर्न आदेश दिएपछि प्रहरीको खोजीमा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्याक्ष योगेन्द्रमान कर्माचार्यसहित उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का प्रहरीले पक्राउ गरेको हो ।
अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् । आवश्यक सेवा ऐन विपरीत सार्वजनिक यातायात बन्द गरेकाले उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
Categorized in राष्ट्रिय