६ जेठ २०८१, आइतबार
Header

प्रहरीद्धारा अबैध हुण्डी कारोबारमा संलग्न २ जनालाई ७ लाख नगद र १४ तोला सुन सहित पक्राउ


प्रकाशित: शुक्रबार, १८ जेठ २०७५, १२ः४५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । अवैध हुण्डीको कारोबार गरेको अभियोगमा प्रहरीले ७ लाख नगद सहित २ जनालाई पक्राउ गरेको छ ।

 
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले रौतहट गौर खतुवा घर भई ललितपुर सानेपा बस्ने २४ बर्षीय दिपेश कुमार यादव र २४ बर्षीय राजन कुमार गुप्तालाई नगद ७ लाख रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

 
काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा अवैध हुण्डीको कारोवार भइरहेको खबर प्राप्त हुनासाथ उनीहरुलाई बिहीबार पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

 
प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा १० लाख रुपैयाँ भारत घर भई कालीमाटी बस्ने २४ बर्षीय रोहित पटेललाई दिएको बताए पछि पटेलको डेरा कोठा समेत तलासी गर्दा उक्त रकमले किनेको १४ तोला सुनको ढिक्का र डेढ किलो चाँदी बरामद भएको थियो । पटेललाई समेत पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD