३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रहरीको सर्वाधिक खोजीमा रहेका राधे पक्राउ


प्रकाशित: विहिवार, २३ जेठ २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीको सर्वाधिक खोजीमा रहेका गुण्डा नाईके राधे भनिने राधाकृष्ण भण्डारी बुधवार साँझ धादिङको मलेखुबाट पक्राउ परेका छन । 


प्रहरीले उनलाई धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ परेको सार्वजनिक पुष्टि गरेको छ । 


स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।


धादिङमा हुने हरेक ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी भनाई रहेको छ । 


भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका छन । 


यस अघि प्रहरी इन्काउन्टमार मारिएका चरिलाई ज्याने मार्ने उद्देश्यले गोली हानेको अरोपमा राधे भण्डारी पक्राउ परेपनि राजनीतिक दववामा रिहा भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex