७ बैशाख २०८१, शुक्रबार
Header

प्रहरीको सर्च अभियानमा काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ


प्रकाशित: सोमवार, १८ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट २०७ जना पाकेटमार, चोरहरु पक्राउ गरेका छन । 


महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गरेको पाईएको छ । 


पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले बताए ।


प्रहरीको विशेष टोलीले भदौ २५ देखि असोज १५ सम्म चलाएको सार्वजनिक सवारी साधन लक्षित विशेष अभियानका क्रममा उनीहरु पक्राउ गरेका हु्न । 


प्रहरीका अनुसार पकेटमारहरु २÷२ जनाको समूह बनाएर एउटा बसमा ६ जनासम्म प्रवेश गर्ने, त्यसपछि पकेट मार्ने यात्रुको पहिचान गरी घेराबन्दी पारेर ठेलमेल गरी सामान चोरेर बसबाट झर्ने शैली अपनाउने गरेको पाइएको छ । 


पाकेट मार्ने क्रममा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ  । उनीहरुले पैसालाई द, मोबाइललाई कान, पाकेट पीडितलाई रामे, पाकेट मार्ने व्यक्तिलाई काशी, धेरै पैसा छ भन्न टानको दु, थोरै पैसा उल्लेख गर्न जुटको द जस्ता शव्द प्रयोग गर्ने । 


त्यसैगरी गाडीलाई काँचा, केटा मान्छेलाई छापा, केटीलाई भद्री, पुलिस आयो भन्न ठूल्दाई आयोु, ड्राभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्न टप्की, गाडीभित्र अगाडि सर भन्न अकल जा र पछि सर भन्न चिछल जा जस्ता सांकेतिक भाषा पनि प्रयोग गर्ने गरेको भेटिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD