काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागी घाईते भएका छन ।
प्रहरीले भोजपुरको षडानन्द नगरपालिका २ का तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएका छन ।
मंगलबार अपरान्ह ट्याम्के मयुङ गाउँपालिका १ को घोत्रेखानी जंगलमा गोली हानी घिमिरेलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घिमिरको दाहिने घुँडामा गोली लागेको छ ।
घोत्रेखानी जंगलमा विप्लव माओवादीको गतिविधि रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि आत्मरक्षाको लागि गोली चलाएको प्रहरीले सञ्चारमाध्यमहरुलाई बताएका छन ।
प्रहरीले उनको साथबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार वटा, २५ मिटर कर्ड, बाइनाकुलरलगायत बरामद गरेको छ ।
Categorized in समाज