काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा नेकपा नेता भीम रावलले दिएको अभिव्यक्तिविरुद्ध शुक्रबार भएको प्रदर्शनमा प्रहरीको गोली चल्दा एक किशोरका मृत्यु भएको छ ।
मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट रहेका संचारमाध्यमहरुले उल्लेख गरेका छन् । साथै गोली चल्दा चार जना घाईते समेत भएका छन उनीहरुसबैको स्थानीय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।
विद्यार्थीहरुले नाराजुलुस लगाएको प्रदर्शनबाट स्थिती अनयिन्त्रीत भएपछि प्रहरीले स्थितीलाई सामन्य पार्न गोली चलाएको जनाएको छ ।
नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको थियो ।
नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको अभिव्यक्ति दिएपछि प्रदर्शन सुरु भएको थियो ।
Categorized in समाज