१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रसूती गृह अस्पतालबाट सुरु भयो पाठेघरविरुद्धको क्यान्सर खोप अयिभान


प्रकाशित: बुधवार, २७ भाद्र २०८०, ११ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको थापाथलस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालाट पाठेघरविरुद्धको क्यान्सर खोप अभियान सुरु भएको छ । 


बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले अभियानको उद्घाटन गरेरे सुरु गरेका हुन । 


१४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि  खोप ‘डेमोस्ट्रेसन’ का रूपमा दिइन थालिएको हो ।

 
यो खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ । अब दोस्रो डोज ६ महिनापछि दिइनेछ । पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।


खोप अभियान आज ६ प्रदेशका ६ अस्पतालबाट सुरु गरिएको हो । जसमा बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल रहेका छन । 


सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको छ । 


एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex