२ भाद्र २०८३, मंगलबार
Header

प्रश्नै प्रश्नको घेरामा महानगर प्रमुख शाक्य र उपप्रमुख खड्गी !


प्रकाशित: शनिवार, ४ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी यतिखेर स्थानीय जनता, सरोकारवाला, सर्वसाधरणहरुको प्रश्नको घेरामा परेका छन । 


शुक्रवार महानगरद्धारा आयोजित सार्वजनिक सुनवाईमा सहभागीहरुले काठमाडौंको फुटपाथ, फोहर संकलन, छाडा कुकुर नियन्त्रण, भ्यू टावर, खुलामञ्च लगायतका विषयमा प्रश्नहरु गरेका थियो । 


उनहरुले काठमाडौंको फुटपाथ व्यवस्थापनको लागि नगर प्रहरीको प्रभावकारी परिचालन गर्नु पर्ने सुझावसँगै फोहर संकलन सुर्योदय अघिनै गरिनु पर्नेमा जोड दिएका थिए । 


त्यसैगरी विकास निर्माणका कार्यमा सरकारी कार्यालयबीच समन्वय गर्नुपर्ने, समावेशी र अपाङ्मैत्री पूर्वाधार निर्माण गर्नुपर्ने लगायत बिषयमा केन्द्रीत भएर सहभागीहरुले प्रश्न गरेका थिए । 


प्रश्नकर्ताहरुले पुरानो बसपार्कमा बनिरहेको भ्यु टावरको बारे जिज्ञाशा राखेका थिए भने छाडा कुकुर नियन्त्रयणमा पनि चुनौति रहेको विषयमा प्रश्न गरेका थिए । 


त्यसैगरी जनस्वास्थ्य, सामाजिक सुरक्षा, प्रकोप व्यवस्थापन, सेवा प्रवाह र कार्यालय सञ्चालन प्रणाली, केन्द्रीय कार्य पद्धति सेवाग्राहीमैत्री कार्यालय भवन, सुकुम्बासीलाई घर नं. दिने कुरा, स्बबासीको पहिचानजस्ता शीर्षकमा गुनासा तथा सुझाव राखेका थिए ।


सुनवाईमा सहभागीहरुको प्रमुख शाक्यले महानगर भित्रका समस्या र सामाधानको महानगरका जनप्रतिनिधिले सेवाग्रहीलाई सन्तुष्ट पार्ने प्रयास भईरहेको र सो सेवाबाट सेवाग्राहीहरु पनि सन्तुष्ट रहेको विश्वास व्यक्त गरेका थिए । 


नगरको प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वले कुशल ढंगबाट व्यवस्थापन पनि गरिरहेको प्रमुख शाक्यको भनाई रहेको थियो । 


त्यसैगरी उपप्रमुख खड्गीले नागरिकसँगको दोहोरो सम्वादबाट शुशासन र सेवाको पारदर्शितामा टेवा पुग्ने आशा व्यक्त गर्दै २ बर्षको उपलव्धी र सिकाईलाई आगामी दिनमा प्रयोग गर्ने बताएका थिए । 


सहभागीहरुले महानगरमा सचिव परिवर्तन नहुने परम्पराप्रति प्रश्न गरेपछि प्रमुख प्रशासकीय केदार न्यौपानेले सचिव एकै ठाउँमा हुनलाई निजामति सेवामा राम्रो मानिन्छ । कर्मचारीलाई दण्डित गर्नु पर्यो भने सरुवा गर्ने हो र महनगरका लािग खटिएको सचिव महानगरकै वडाहरुमा सरुवा हुने जवाफ दिए । 


त्यस्तै उहाँलाई प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने र वडाध्यक्षहरु रामकृष्ण श्रेष्ठ, नारायण भण्डारीले सहयोग गर्नुभएको थियो । 


स्वतन्त्र अनुसन्धानकर्ता सुरेन्द्र महतोले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । यस क्रममा महानगरका १६२ जनासँग सेवा सन्तुष्टि, सेवाको नियमितता, पूर्वाधार र सरसफाइ, सवाको पारदर्शितालगायत शीर्षकमा प्रश्नहरु सोधिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex