६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रम ओली र देउवाविच बुढानिलकण्ठमा छलफल


प्रकाशित: बुधवार, २२ बैशाख २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति सभापति शेरबहादुर देउवाविच देउवा निवास बुढानिलकण्ठमा छलफल चलेको छ । 


प्रम ओली देउवाविच छलफल जारी रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन । उनीहरुविच समसामयिक राजनीतिक विषयमा कुराकानी भईरहेको बताईएको छ । 


ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङलगायत रहेका छन भने छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महतलगायत छन । 


प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत संसद अधिवेशन आह्वान गरेका छन । 


यस अघि नेकपा माओवादीले प्रम ओलीलाई दिइएको समर्थन फिर्ता लिईसकेका छन । कांग्रेसले पनि ओलीलाई बहुमत जुटाउनबाट रोक्ने निर्णय गरेको छ । 


बागमती प्रदेशमा जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सन्दर्भमा पनि छलफल हुन सक्ने बताईएको छ । 


गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरू कांग्रेस, माओवादी को छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex